काठमाडौं— नेपाली राजनीतिको केन्द्रविन्दु यतिबेला काठमाडौँ भन्दा बढी नयाँ दिल्लीमा सरेको जस्तो देखिएको छ । शीर्ष नेताहरूको एकपछि अर्काे दिल्ली भ्रमणले यस्तो अवस्था बनेको हो भने राजनीतिक वृत्तमा नयाँ चर्चा र अड्कलबाजी सुरु गरिदिएको छ । जहाँ नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो छोटो तर अर्थपूर्ण दिल्ली भ्रमण सकेर आज स्वदेश फर्किँदै छन्। आइतबार दिल्ली पुगेका प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरूको ‘एकता सन्देश सभा’ लाई सम्बोधन गरे । तर, उनको भ्रमण केवल सामुदायिक कार्यक्रममा मात्र सीमित रहेन। प्रचण्डले आइतबार साँझ भारतका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग गोप्य र महत्त्वपूर्ण भेटवार्ता गरे। सोमबार बिहान पनि उनले भारतीय सुरक्षा अधिकारी र राजनीतिक नेतृत्वसँग भेटघाटलाई निरन्तरता दिएका छन्। । त्यस्तै नेपाली कांग्रेसकी प्रभावशाली नेत्री डा. आरजु राणा देउवा सोमबार अपराह्न दिल्ली प्रस्थान गरेकी छन्। । जवकि प्रचण्डले समेत दिल्ली दौडाहा अघि कांग्रेसका सभापति शेरबहादुर देउवासँग २ पटक गोप्य भेट गरेका थिए भने उनकै अनुरोधमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेटेका थिए । यता आरजुको भ्रमणको उद्देश्यबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन भने उपचारको बहाना देखाईएको छ ।
देश


प्रतिक्रिया