अन्तर्राष्ट्रिय

US-Venezuela War : मादुरोलाई अमेरिकी सेनाले नियन्त्रण गरेको भित्री दृश्य, विश्वभर हलचल


काठमाडौं— भेनेजुएलाको राजधानी कराकास मस्त निद्रामा थियो, त्यही बेला अमेरिकी सेनाले ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ सुरु ग¥यो । करिब १५० लडाकु विमान र हेलिकप्टरहरू २० वटा फरक–फरक सैन्य अखडाबाट उडेका थिए । स्थानीय समय अनुसार राति ११ः४६ मा राष्ट्रपति ट्रम्पले अन्तिम आदेश दिएपछि अमेरिकी सेनाले भेनेजुएलाको हवाई रक्षा प्रणालीलाई ‘डिसेबल’ गरिदियो ।
राति २ः०१ बजे अमेरिकी हेलिकप्टरहरू सिधै मादुरोको निवासमा उत्रिए । केही समयको गोलाबारीपछि मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिइयो । बिहान ४ः२९ मा उनलाई अमेरिकी विमानवाहक जहाज ‘यूएसएस इवो जिमा’मा लगियो र त्यहाँबाट सिधै न्यूयोर्क पु¥याइयो । अहिले मादुरो न्यूयोर्कको ब्रुकलिनस्थित डिटेन्सन सेन्टरमा छन्, जहाँ उनलाई ‘नार्को–टेररिजम’ वा लागूपदार्थ तस्करीको गम्भीर आरोपमा सोधपुछ गरिँदैछ ।