काठमाडौं— एक कुशल कर्मचारीको परिचय बनाएर उदाएका कुलमान घिसिङ अहिले नेपाली राजनीतिको मूलधारसम्म आइपुगेका छन् । गल्लीका चिया पसलदेखि राजनीतिक बहसका मञ्चहरूसम्म उनको चर्चा–परिचर्चा हुँदै आएको छ । तर, उनको निश्चल सामाजिक छवि र लोकप्रियता जति चुलिएको छ, उनीमाथिका प्रश्न र विवादहरू पनि उत्तिकै देखिन थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रमुखदेखि मन्त्री हुँदै रास्वपाको उपसभापतिसम्म आइपुग्दा उनले विभिन्न नैतिक प्रश्न र आरोपहरूको सामना गरिरहनु परेको छ । गत भदौ २४ गते सडकमै उत्रिएर ‘जेनजी’ को पक्षमा बालेन शाहलाई समेत आन्दोलनमा आउन आह्वान गरेका घिसिङ, सोही आन्दोलनपछि बनेको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा पुगे । पार्टी खोल्ने होडबाजी चलिरहेकै बेला उनले आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरे, तर विडम्बना ! एक महिना नबित्दै सो पार्टीलाई रास्वपामा समाहित गराए । यही राजनीतिक यात्राबीच उनका केही यस्ता कदमहरू छन्, जसले उनीमाथि निरन्तर प्रश्न उठाइरहेको छ ः
देश


प्रतिक्रिया