काठमाडौं— नेपाली कांग्रेस, नेकपा (एमाले) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मका दलहरूको समानुपातिक बन्द सूची सार्वजनिक भएसँगै व्यापक असन्तुष्टि देखिएको छ । ससुरा–श्रीमती, छोरी–ज्वाइँ, भान्जादेखि पीएसम्मलाई समेटेको आरोप खेपिरहेका दलहरूको भीडमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को बन्द सूची भने अपवाद बनेको छ । १७ वाम घटक र नागरिक उन्मुक्ति पार्टीको सहकार्यमा बनेको नेकपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा नातावाद, कृपावाद र परिवारवादको छाया नदेखिएको भन्दै चर्चा भइरहेको हो । कुनै समय बुहारी र छोरीलाई उम्मेदवार बनाएको भन्दै चर्को आलोचना खेपेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक भने आफ्ना विगतका कमजोरी सच्याएको संकेत दिएका छन् । नेकपाको बन्द सूचीमा ‘जेन्जी’ देखि नयाँ अनुहारसम्मको सन्तुलित उपस्थिति देखिन्छ । लामो समयदेखि राज्य र केन्द्रको राजनीतिक पहुँचबाट टाढा रहँदै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशको सशक्त प्रतिनिधित्व सूचीको अर्को प्रशंसनीय पक्ष बनेको छ । आफूलाई ‘नयाँ र वैकल्पिक शक्ति’ दाबी गर्ने रास्वपाको सूचीमा यी प्रदेशबाट न्यून उपस्थिति देखिँदा, नेकपाले भने ती क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ ।
देश


प्रतिक्रिया