देश

चुनावमा होमियो रास्वपा, निर्वाचन क्षेत्र खोसाखोस, सोविताको क्षेत्रमा बालेनको नजर, पुरानाको गठबन्धन भारी (भिडियोसहित)


काठमाडौं— रवि, बालेन र कुलमानको एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बलियो वैकल्पिक शक्तिको रूपमा उदाएको छ । अहिले रास्वपा चुनौतीको चाङदेखि चर्चाको शिखरसम्म उक्लिएको छ । पुराना दल नेकपा (एमाले), नेपाली कांग्रेसदेखि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्मलाई चुनौती दिन चुनावी मैदानमा उत्रिएको रास्वपालाई स्थापित हुन र बहुमत ल्याउन पन्छाउनै पर्ने केही आन्तरिक र बाह्य चुनौतीहरू छन् ः