देश

ओलीका प्रकाश–रिमा रवितिर सरे, घण्टीको आडमा सदन छिर्दै, बालेनले आसिफ घुसाए, ज्योति कता ? (भिडियोसहित)


काठमाडौं— कलाकारिताबाट चर्चामा आएका कलाकारहरू नेपाली राजनीतिमा आउनु र चासो देखाउनु नौलो कुरा भने होइन । तर, पछिल्लो समय नेपाली राजनीतिको ‘इपिसेन्टर’मै कलाकारहरूको वर्चस्व देखिन थालेको छ । ¥यापर पृष्ठभूमिका बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर बनेसँगै अहिले संसदीय राजनीतिमा प्रवेश गर्दै देशको प्रधानमन्त्री बन्ने दौडमा छन् । उनीसँगै अन्य कलाकारहरू पनि कोही बालेनकै अघिपछि लागेर साथ दिइरहेका छन् भने कोही राजनीतिक पार्टीमै आबद्ध भएर सक्रिय भएका छन् । महानायकदेखि ‘जेनजी’ आन्दोलनमा सिंहदरबार जलाउने भिडको अग्रपंक्तिमा देखिएका चलचित्र निर्देशक निश्चल बस्नेत र एमालेको महाधिवेशनमा भोट माग्दै गरेकी गायिका ज्योति मगरसम्मकाहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिसँग जोडिएका छन् । कुनै विचारधारा, सिद्धान्त, संवैधानिक प्रणाली र नीतिगत ज्ञानविना राजनीति गर्नु असम्भव जस्तै हो । तर, अहिले चर्चामा आएका र सक्रिय भएका कलाकारहरू यी सबै कुराको ज्ञान भएर आएका हुन् वा लोकप्रियताको उन्मादमा ? गम्भीर प्रश्न खडा भएको छ । अब चलचित्र क्षेत्रबाटै राजनीतिमा होमिएका यी अनुहारहरूलाई हेरौँः