काठमाडौं— राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेसँगै औपचारिक पार्टी एकताको सम्भावना लगभग समाप्त भएको छ । अब दलहरूका सामु बाँकी विकल्प भनेको कार्यगत एकता वा चुनावी तालमेल मात्र देखिएको छ । यही परिवेशमा वैकल्पिक राजनीतिक शक्तिहरू एकत्रित हुँदै जाँदा पुराना दलहरू झन् दबाबमा परेका छन् । रवि लामिछाने, कुलमान घिसिङ, बालेन शाहजस्ता चर्चित अनुहारहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुँदा सो पार्टीमा बहुमत आउने अपेक्षासहित उत्साह बढेको छ । यही कारण पुराना दलहरू—विशेषतः नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पुनः चुनावी तालमेल वा कार्यगत एकताको सम्भावनाबारे चासो बढ्दो छ । लोकतन्त्र र संविधानको रक्षाका लागि भए पनि चुनावी तालमेल आवश्यक रहेको तर्क कांग्रेस–एमाले वृत्तमै उठ्न थालेको छ । यस विषयमा दुवै दलका शीर्ष तहमा अनौपचारिक छलफल भइरहेको बुझिएको छ ।
देश


प्रतिक्रिया