काठमाडौं— देशकै ठूलो शक्ति र स्पष्ट बहुमतको लक्ष्यसहित अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो कदममै प्रश्नको घेरामा परेको छ । पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकतर्फको बन्दसूचीमा पहुँचवालाहरूको हालीमुहाली देखिएपछि यो अवस्था आएको हो । बन्दसूचीका लागि ‘प्राइमरी भोटिङ’ गरिए पनि त्यसमा अग्रपङ्क्तिमा रहेका कतिपय व्यक्तिहरू सूचीमा परेका छैनन् । सूचीमा केही सेलिब्रेटीहरू, पार्टी पदाधिकारी र सचिवालय सदस्यहरू नै अटाएका छन् । त्यति मात्र होइन, सभापति रवि लामिछानेको धरौटी तिरिदिनेदेखि कुलमान घिसिङका भान्जासम्म सूचीमा समेटिएका छन् ।
देश


प्रतिक्रिया