काठमाडौं— रवि–बालेन र कुलमान एउटै घण्टीमुनि आबद्ध भएपछि वैकल्पिक शक्तिहरु एकै ठाउँमा आउन् भन्नेहरुको चाहना पूरा भएको छ । यही मौकामासत्ताको स्वाद चाखेका वर्तमान चुनावी सरकारका तीन मन्त्री पनि दलीय गतिविधिमा सक्रिय हुँदै चुनाव लड्ने तयारीमा छन् । गैरदलीय नागरिक सरकारमा रहेर दलीय राजनीतिमा होमिने पहिलो नम्बरमा छन्, कुलमान घिसिङ । उज्यालो नेपाल पार्टीको संरक्षक बन्दै रास्वपामा पार्टी विलय गरे पछि घिसिङ रास्वपाको उपसभापति बनेका छन् । काठमाडौँनिर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा रहेका घिसिङले भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्रालयसहित तीनवटा मालदार मन्त्रालयको नेतृत्व गरिरहेका छन् ।मन्त्री भएसँगै घिसिङले विवादित विभिन्न ठेक्का लगाउँदै आएकाछन् । नैतिकताको कुरा गरेर सरकारमा पुगेका कुलमानले मन्त्री पदमा बसेर दलीय राजनीति थालेसँगै उनीमाथि नै नैतिकताको प्रश्न उठ्न थालेको छ ।
देश


प्रतिक्रिया