देश

रवि–बालेन–कुलमान मिलाउने यी ४ हस्ती, सुदनको खटाइ, कुमारको घर, आशिफको अड्डा, अनि मिलन (भिडियोसहित)


काठमाडौं— छुट्टाछुट्टै धारबाट राजनीति गर्न होमिएका वैकल्पिक शक्तिहरू अहिले एक ठाउँमा उभिएका छन् । विकल्पको राजनीति गर्न दल खोलेर आएका रवि लामिछाने, ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाका प्रमुख बनेका बालेन्द्र शाह बालेन र नयाँ शक्तिको रुपमा उदाउन लागेको उज्यालो नेपाल पार्टी गठन गरेका कुलमान घिसिङ सबै एउटै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भइसकेका छन् । उनीहरूको मिलनले अधिकांश नागरिकहरू उत्साहित बनेका छन् । तर, यी तीन राजनीतिक व्यक्तिहरूलाई मिलाउने काम भने गैरराजनीतिक व्यक्तिहरूबाट भएको छ । सुदन गुरूङ, निश्चल बस्नेत, आसिफ शाह जस्ता गैरराजनीतिक व्यक्तिहरू नै वैकल्पिक शक्तिहरूको मिलनको मुख्य सूत्रधार बनेका छन् । महानगर प्रमुख बालेनले त आफूसहित वैकल्पिक शक्तिहरूलाई मिलाउने मुख्य पात्र नै सुदन गुरूङ भएको उल्लेख गरेका छन् ।