देश

३४ सय ः सांसद बन्ने सूचीमा, श्रीमतीदेखि सम्धीसम्म परे, रास्वपा टप्पर, प्रचण्ड जेनजी लभर ! (भिडयोसहित)


काठमाडौं— राजनीतिक दलहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगमा समानुपातिकतर्फ ५८ वटा निर्वाचन चिह्नबाट चुनावी प्रतिस्पर्धामा भाग लिने गरी ६४ वटा राजनीतिक दलका तर्फबाट बन्दसूची बुझाइएको हो । आयोगको निर्वाचन तालिकाबमोजिम नै कार्यक्रम अगाडि बढेसँगै निर्वाचन हुनेमा देखिएको संशय समेत हटेको छ । आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्न पुस १३ र १४ गते समय तोकेकोमा १५ गते मंगलबार अपराह्नसम्म बन्दसूची बुझाउने क्रम जारी रह्यो । ६४ वटा राजनीतिक दलका ३ हजार ४ सय २४ जना उम्मेदवार समानुपातिकतर्फ सूचीकृत भएका छन् ।