देश

सांसद बन्दै चर्चितहरु, रास्वपाका टप फाइभ, गगनका सुसुरा कन्फर्म, ओलीको सूचीमा चुनाव हारेका (भिडियोसहित)


काठमाडौं — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । कसैले नयाँ र चर्चित अनुहारहरूलाई उम्मेदवार बनाएका छन्, कसैले पुरानालाई नै दोहो¥याएका छन् भने कसैले प्रत्यक्ष चुनाव लडेर पराजित भइसकेकालाई पुनः समानुपातिकमार्फत संसद्मा पु¥याउने कसरत गरेका छन् । पार्टीभित्रको प्रतिस्पर्धामा पराजित भएकाहरू पनि समानुपातिक सूचीको पहिलो नम्बरमा परेका छन् । २०७९ को निर्वाचनबाट समानुपातिक सांसद भइसकेका नेताहरू दोहोरिन नपाउने नीतिलाई आत्मसात् गर्दै नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ, जसको एक नम्बर सूचीमा महामन्त्री गगन थापाका ससुरा नाता पर्ने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको नाम रहेको छ । संस्थापन पक्षसँग चिढिएका थापालाई फकाउन केसीको नाम एक नम्बरमा राखिएको समेत विश्लेषण भइरहेको छ । नेता केसी अघिल्लो चुनावमा नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्षबाट निर्वाचित भएका थिए । यस्तै सहमहामन्त्री भीष्मराज आङ्दम्बे पनि समानुपातिक सूचीमा परेका छन् ।