देश

रवि–बालेन मिलेपछि पुराना दलमा फेरि समीकरण, राजावादीदेखि मधेशवादीसम्म मिले, प्रचण्डले एमाले खोजे (भिडियोसहित)


काठमाडौं— गत आम निर्वाचनमा पार्टी स्थापनाको ६ महिनाको छोटो अवधिमा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो दल बन्नुको मुख्य कारण थियो— सभापति रवि लामिछाने । पार्टी र उम्मेदवारका लागि भोट माग्ने बलियो हतियार नै सभापति रवि बन्दा रास्वपाले नसोचेको सफलता प्राप्त ग¥यो । रवि एक्लै हुँदा पार्टीले ११ लाखभन्दा बढी मत प्राप्त गर्दै २१ सिट जितेको थियो । अहिले रविसँगै बालेन्द्र शाह (बालेन) पनि ‘पोस्टर बोइ’ का रूपमा जोडिएपछि रास्वपा लगायत राजनीतिक पण्डितहरूले अबको चुनावमा झन् उत्साहजनक मत प्राप्त हुने अपेक्षा गरेका छन् । युवाहरूसँगै धेरैको आशा बनेका बालेन र रवि मिसिएपछि रास्वपाले ठूलै सफलता हात पार्ने भयमा पुराना राजनीतिक दलहरू देखिन्छन् ।