काठमाडौं— युक्रेनसँगको युद्धको समयमा रुसमा अर्बपतिहरूको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । तर, भ्लादिमिर पुटिन सत्तामा आएको २५ वर्षमा रुसका धनी र शक्तिशाली व्यक्तिहरू अर्थात ‘ओलिगार्क’ हरुले आफ्नो राजनीतिक प्रभाव भने लगभग सबै गुमाएका छन् ।
२४ फेब्रुअरी २०२२ को क्रेमलिन बैठक, जहाँ रुसी अर्बपतिहरू राष्ट्रपति भ्लादिमिर पुटिनको अगाडि टाउको निहुराएर बसेका थिए ।
यो दृश्य युद्ध सुरु भएको केही घण्टापछिको हो । पुटिनले रुसका धनाढ्यहरूलाई बोलाएर स्पष्ट सन्देश दिए— ‘मेरो साथ देउ वा नतिजा भोग्न तयार होऊ’ । बैठकमा उपस्थित अर्बपतिहरू निन्द्रा नपरेका र मलिन अनुहारमा देखिन्थे । उनीहरूलाई थाहा थियो— उनीहरूको साम्राज्य अब संकटमा छ ।
अन्तर्राष्ट्रिय


प्रतिक्रिया