देश

चुनावी मैदानमा चर्चित अनुहार, गगन र ओलीको क्षेत्र सुनिश्चित, बालेन–प्रचण्ड जित्ने ठाउँ खोज्दै (भिडियोसहित)


काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तातिएसँगै पार्टीका प्रमुखदेखि चर्चित नेताहरू उम्मेदवारका लागि सिफारिस भइरहेका छन् । चुनाव लडेर संसदमा सफल अवतरण गर्न कोही आफ्नो ‘कम्फर्ट जोन’ छान्ने तयारीमा छन् भने कोही पहिलेको क्षेत्र छाडेर नयाँ ठाउँबाट भिड्ने तयारीमा छन् । ‘जेनजी’ आन्दोलनपछि नयाँ र वैकल्पिक शक्तिहरू पनि निर्वाचनमा होमिने भएपछि झस्किएका पुराना राजनीतिक दलका केही नेताहरू सुरक्षित क्षेत्रको खोजीमा छन् । त्यसैले धेरैजसो नेताहरू आफ्नो साविक निर्वाचन क्षेत्रबाहेक अन्यत्रबाट पनि सिफारिस भइरहेका छन् ।