काठमाडौं— नख्खु कारागारबाट निस्किएपछि राजनीतिक रफ्तार बढाएका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ६ घण्टा लामो रात्रिकालीन भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । वर्षौँदेखि जनताले चाहेको ‘रवि–बालेन’ भेटको एउटा ठूलो ‘ब्रेकथ्रु’ भएको छ । जेनजी आन्दोलनपछि संसद विघटन गर्ने मुद्दा बालेन शाहको हो । यतिबेला नेकपा एमाले र नेपाली कांग्रेस संसद ब्युँताउन लागिपरेका छन् । यदि संसद ब्युँतिएमा जेनजी आन्दोलन हार्ने र एमाले–कांग्रेस गलत नभएको सन्देश जाँदा पुरानै दलहरूको जित हुने विश्लेषण भइरहेको छ । त्यसैले, ‘बाघ’को संज्ञा दिएर रिहा भएका रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीलाई चितवनबाटै ‘तपाईं बगिनी हो, बगिनी नै बन्नुहोस्’ भनेर ढाडस दिएका थिए । कारागारबाट निस्कने बित्तिकै रवि र बालेनका एजेण्डाहरू यसै बिन्दुमा मिलेका हुन् ।
देश


प्रतिक्रिया