काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त भएर बाहिर आएपछि उनको जेल यात्रा र रिहाइको रहस्य खोल्नै पर्ने हुन्छ । लामिछाने थुनामा हुँदा उनलाई जेल पठाउन भूमिका खेलेको आरोप लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको किल्लामै पुगेर थर्काउनेदेखि प्रधानमन्त्री सुशीला कार्कीलाई फकाउनेसम्मका गतिविधिहरू खुलमखुल्ला नै भए । रवि छुटाउन जेनजी अगुवा भनिने सुदन गुरुङले रातभर नसुती लागेको प्रतिक्रिया दिइसकेका छन् । त्यति मात्र होइन, लामिछाने जेल चलान भएपछि मात्र होइन, ८४ दिन प्रहरी हिरासतमा बस्दा समेत उनीप्रति प्रधानमन्त्री हुनुअगावै सदासयता देखाएकी कार्कीले प्रधानमन्त्री भएपछि झन् सक्रियता नदेखाउने कुरै भएन ।
देश


प्रतिक्रिया