देश

सुदन र मिराजको नेता बन्ने हुटहुटी, थुन्न गृहमन्त्री बाध्य बन्दै, जेनजीका एजेन्डामा स्वार्थ समूहको भिडन्त (भिडियोसहित)


काठमाडौं— सामाजिक सञ्जालमार्फत गत भदौ २३ मा भएको जेनजी आन्दोलनको आह्वान गरेका मिराज ढुङ्गाना पक्षधरहरू पुनः आन्दोलनमा उत्रिएका छन् । आइतबार आन्दोलनको घोषणा गरी सोमबार सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरी प्रशासनले रोक्यो । सोमबार नै काठमाडौँ प्रशासनसँग आन्दोलनको अनुमति लिन गएका उनीहरूलाई ‘तत्काल अनुमति दिन नमिल्ने’ जवाफ दिएपछि जबरजस्ती प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो । सो क्रममा डा. निकोलस भुसालसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो आन्दोलनमा प्रहरीले व्यापक धरपकड गरेको भन्दै मिराजसहितका आन्दोलनकारीहरूले सामूहिक गिरफ्तारी दिने प्रयास समेत गरे ।