काठमाडौं— एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट सचिव पदमा सर्वाधिक मतले विजयी भएका महेश बस्नेतले पदाधिकारीमा डेब्यु गरेका छन् । एमालेको सङ्कटमा उद्धारकर्ता बनेर उभिएका महेशलाई एमाले प्रतिनिधिहरूले पनि महाधिवेशनमार्फत उद्धार गरे । बस्नेतले सचिवमा जितेका मात्रै छैनन् नौ सिटका लागि २० जनाको प्रतिस्पर्धामा पहिलोसमेत बने । सङ्घमा मन्त्री भएकादेखि प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पाखा लगाउँदै १५ सय ४४ मतसहित उनी निर्वाचित भएका हुन् । होनहार प्रतिष्पर्धीसँगको भिडन्तमा पहिलो नम्बरमा निर्वाचनबाट सचिवमा अनुमोदन भएका बस्नेतले पदाधिकारीमा सानदार इन्ट्री गरेका छन् । गुण्डुको गुण्डासमेत भनेर आलोचित बनेका उनले ती सबैलाई चुप गराउँदै लोकतान्त्रिक अभ्यासबाट नै आफूलाई नेतामा परिणत गराउन सफल भएका छन् । सचिवमा निर्वाचित भइसकेपछि उनी झन् रवाफिलो देखिएका छन् ।
राजनीति


प्रतिक्रिया