काठमाडौं— एमालेको ११औँ महाधिवेशनमा २२६३ मतदातामध्ये २२२७ प्रतिनिधिले मतदान गरेका छन् भने ३६ जना अनुपस्थित भएका छन् । हिजो बिहान ९ बजेदेखि आज बिहानसम्म निरन्तर मतदान भएको थियो । दिनरातको मतदानमा केही प्रतिनिधि स्वास्थ्य र विविध कारणले अनुपस्थित रहेको एमालेले जनाएको छ ।
निवर्तमान केन्द्रीय सदस्यहरू बसन्त नेम्वाङ, मुकुन्द न्यौपाने, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, हरिबहादुर राजवंशीले मतदान गरेनन् । अनुशासन आयोगका निवर्तमान सदस्यहरू पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी र प्रदीप प्याकुरेल पनि मतदानमा उपस्थित भएनन् ।
समीर नेपाल, रचना राजोपाध्याय, अशोक केसी, घनश्याम कोइराला र सञ्जीव रोकाहाले मतदान गरेनन् । एमालेको निर्वाचन आयोगका अनुसार कृष्णमाया भुजेल, लक्ष्मी यादव, शत्रुधनप्रसाद सिंह, राजेन्द्र यादव, अंशु आनन्द, मनोजकुमार गुप्ता, विजय कापर, जितेन्द्र चौधरी अनुपस्थित रहे । य
स्तै दानबहादुर विक, बब्लु सिवाकोटी, सिर्जना नेपाली, अशिम कोइराला, दिनेशकुमार बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल, गोमा नेपाली अनुपस्थिथि रहे ।
राजेन्द्र अर्याल आफैँ केन्द्रीय सदस्यको उम्मेदवार भएर पनि मतदानमा सहभागी भएनन् । अर्यालको नाम खुला केन्द्रीय सदस्यको १२८ नम्बरमा थियो ।


प्रतिक्रिया