काठमाडौं— जेनजी आन्दोलनपछि सबैभन्दा बढी उठेको प्रश्न हो– भदौ २३ गते १९ जनाको ज्यान जाने गरी टाउको र छातीमा गोली कसले चलायो ? आदेश कसले दियो ? अनि २४ गतेको विध्वंसमा सेना किन मूकदर्शक बन्यो ? कार्यकारी पदमा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकसम्मले गोली चल्नुमा आफूहरू जानकार नभएको भन्दै पन्छिन खोजेपछि अनुसन्धानको सुई सुरक्षा निकायतर्फ सोझियो । यही बीच जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुखहरूसँगको बयान सम्पन्न गरेको छ । आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक चन्द्रकुबेर खापुङ, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग बयान लिएको हो ।
देश


प्रतिक्रिया