काठमाडौं— भक्तपुर स्थित सल्लाघारीको १०८ रोपनी जग्गामा फैलिएको खुला मैदान, जहाँ नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्धघाटन भयो । सधैँ खालि देखिने मैदान शनिबार भने लाख हाराहरी रातो र सुनौलो रंगअंकित नेता कार्यकर्ताको जोशसहित एमालेमय देखिन्थ्यो । तर, एमाले नेताहरुले दाबी गरेजस्तो तीनदेखि–पाँचलाख कार्यकर्ता भने देखिएनन् ।
हातहातमा झण्डा, क्याप र एकै स्वरमा एमालेका नारा सहित मैदानमा उपस्थित हुनेको लहर दिनभरि नै चल्यो । देशैभरबाट जेनजीदेखि बुढ्यौली कार्यकर्ता संकटको समयमा नयाँ नेतृत्व छान्न उत्साही र आतुर देखिन्थे । आ–आफ्नो प्रतिनिधित्व हुने गरी बिभिन्न क्षेत्र, र संघ–संगठनहरुका आफ्नै ब्यानर र सांस्कृतिक प्रस्तुतीहरुले माहोल झन आर्कषक देखिन्थ्यो ।
देश


प्रतिक्रिया