राजनीति

गृहमन्त्रीलाई आयो मौका, ओली पक्रिन हौसिए, रविदेखि आईजीपीसम्मले बयानमा के–के बके ? (भिडियोसहित)


काठमाडौँ । जेनजी आन्दोलनको तीन महिना बिते पनि आन्दोलन लगत्तै छानविन गर्न बनेको जाँचबुझ आयोगले अझै घटनाका मुख्य आरोपितहरुको बयान लिन सकेको छैन । आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्न ७४ जना जेनजी कारागार चलान भएका छन् । तर आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान कहिले लिन्छ भन्ने चासो बढेको छ ।