काठमाडौँ । उत्तरपूर्वी जापानमा सोमबार राति गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन्। हजारौँ मानिस घर छाड्न बाध्य भएका छन्।
जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति १ बजेर १५ मिनेटमा भूकम्प गएको जनाएको छ। यसको केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा थियो।
भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ। यद्यपि तटमा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका अग्ला छाल उठेका थिए। केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। त्यसैले मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ।


प्रतिक्रिया