राजनीति

पूर्वमा चम्किएका हर्क काठमाडौं पसे, कुलमानलाई नै डसे, ‘देश बनाउने नेता मै हुँ’ (भिडियोसहित)


काठमाडौँ । श्रम संस्कृति नामको पार्टी खोलेर देशव्यापी चुनावी अभियानमा दौडधुप गरिरहेका धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङले आज काठमाडौंमा पहिलोपटक सभा गरेका छन् । पूर्वी जिल्लाका सभाहरुमा देखिएको जस्तो क्रेज काठमाडौंमा नदेखिए पनि आगामी फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा श्रम संस्कृति पार्टीले बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने सामपाङले दाबी गरे ।