काठमाडौँ । अहिले नेता बन्न हिँडेका कुलमान घिसिङ र हर्क साम्पाङमाथि नैतिक प्रश्न उठेका छन् । केही समय अघिसम्म आफू कुनै पनि पार्टीमा संलग्न नरहेको बताउने घिसिङ उज्यालो नेपाल पार्टीका संरक्षक बनेका छन् । त्यही अनुसार उनका अभिव्यक्तिमा पनि बदलाव देखिन थालेको छ । सुरुमा लोडसेडिङ हट्नुको श्रेय तत्कालीन सरकारलाई दिए पनि अहिले भने उनी चरम व्यक्तिवादी भएका छन् । त्योभन्दा पनि बढी मन्त्रीबाट राजीनामा दिएर मात्र राजनीतिमा आउने तयारीमा रहेका कुलमानले पद नछोड्दा उनीमात्र नभई निर्दलीय सरकारमाथि नै प्रश्न उठाइदिएको छ । शुक्रबारको सर्वपक्षीय बैठकमा समेत एमाले लगायतका दलहरुले निर्दलीय सरकारमा दलका मान्छे रहेको भन्दै प्रश्न गरे । उनको कार्यक्षमता र सक्रियतामा प्रश्न नरहे पनि पदलोलुपतामा प्रश्न छ । अहिले उनले गर्ने गरेका विकासे योजनाहरुको अनुगमन पनि त्यसलाई पूर्णता दिनेभन्दा बढी त्यसमार्फत संगठन विस्तार प्रेरित बढी देखिन्छन् ।
Breaking


प्रतिक्रिया