देश

ओलीका कारण एमालेमा अर्को संकट, आधा कार्यकर्ता बेपत्ता, ईश्वर पक्षको मदन अस्त्र, गुण्डुमा अर्कै लिस्ट (भिडियोसहित)


काठमाडौं— प्रतिनिधि छनोटकै क्रममा दबाब महसुस गरेका एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ गुटबन्दीमा सक्रिय भएका छन् । पार्टीको एकता कायम राख्ने नाममा तेस्रो कार्यकालका लागि नेतृत्व हत्याउन प्रयासरत ओलीलाई तल्लो तहसम्म देखिएको ध्रुवीकरणले रक्षात्मक बनाएको हो । सबैभन्दा पहिले साढे ६ लाख सक्रिय सदस्य रहेको एमालेका ५३ प्रतिशत प्रतिनिधि मतदानमै सहभागी भएनन् । यसलाई कार्यकर्ताको मौन विद्रोहदेखि वर्तमान नेतृत्वले बैधता गुमाएको रुपमा टिप्पणी भइरहेको छ । यही बेला ओली भने बाहिर लोकतान्त्रीकरणको हाँक दिए पनि प्रतिस्पर्धाका लागि तयार देखिएका छैनन् । बरु गुुण्डुबाटै पदाधिकारीको लिस्ट तयार पारेर सम्भावित ध्रुवीकरण रोक्न सक्रिय भएका छन् ।