देश

ओली र महेशलाई सुदनको प्रमाण, वडाध्यक्षले दिलाए नागरिकता, गोरखाबाटै चुनाव लड्लान् ?


काठमाडौं— जेनजी आन्दोलनअघिसम्म एउटा गैरसरकारी संस्थाको सञ्चालक मात्रै रहेका सुदन गुरूङको परिचय अहिले फेरिएको छ । उनको परिचय अब एउटा अभियन्ताका रूपमा मात्रै सीमित छैन । जेनजी आन्दोलनपछि आन्दोलनको अगुवाइ हुँदै नेतृत्वकर्ता बनेका उनी अहिले नेता नै बनिसकेका छन् । रक्षा बम, मिराज ढुङ्गाना जस्ता सक्रिय जेनजी–समूहका सदस्यहरूलाई बाइपास गरेरै भए पनि एकलौटी रूपमा सङ्गठनमा लाग्दै उनले प्रदेश संयोजकहरू छानिसकेका छन् । आन्दोलनमा पानी बाँड्ने हैसियतमा रहेका उनी आन्दोलनपछि भने राष्ट्रिय नायककै रूपमा उदाएका छन् । जुन कुरा पहिलो पटक पुख्र्यौली घर गोरखा पुग्दा उनले पाएको न्यानो स्वागत, सत्कार र सम्मानले पनि पुष्टि गर्छ ।