समाचार

पिता गुमाएपछि थामिएन बालेनको आँसु, अस्पतालदेखि आर्यघाटसम्म, आयुर्वेदमा कम थिएन योगदान (भिडियोसहित)


काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता स्वर्गीय डा. राम नारायण शाहको सोमबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । अन्त्यष्टिका क्रममा आर्यघाट शोकमा डुब्यो । नेपाल सरकारका मन्त्रीका साथै उपसभामुख, नेपाल प्रहरीका आईजीपी, बालेन निकट दलका नेता, कलाकार तथा सयौँ शुभेच्छुकहरू आर्यघाट पुगेका थिए । मधुमेहका बिरामी रहेका शाहको सोमबार दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा ७७ वर्षको उमेरमा निधन भएको हो । भावविह्वल बनेका बालेन शाह र उनको परिवारले पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्यष्टि गरेका हुन् । दाजु कुशल शाह र बालेनले पिता रामनारायणलाई दागबत्ती दिएका थिए । उक्त क्षण आर्यघाटमा उपस्थित सबै भावविह्वल बने ।