काठमाडौं— लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको छ । डेढ महिनासम्म चलेको बैठकको बिट मार्दै कांग्रेसले सोमबार १५औँ महाधिवेशन गर्ने टुंगो लगाएको हो । यसका लागि मंसिर २० भित्र क्रियाशील सदस्यताको फारम पठाएर पुस ५ भित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसले गरेको छ । तालिकाअनुसार गाउँ÷नगर÷वडा अधिवेशन २०८२ पुस १६ गते, गाउँ÷नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन) पुस २१ मा गर्ने कार्यतालिका तय भएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२, प्रदेश अधिवेशन पुस २४, २५ र २६ सम्म गर्ने र केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ मा काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेको हो । यो कार्यतालिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा पेस गरेका हुन् । जबकि एकदिन अघिसम्म महामन्त्री गगन थापा र संस्थापनकै एक हिस्साले यसको विरोध गरेका थिए । जहाँ महाधिवेशनको गाँठो नफुक्दा कांग्रेस बैठक सरेकोस¥यै थियो भने नियमित महाधिवेशन पुसभित्र भए मात्रै विशेष महाधिवेशन जरुरी नपर्ने डा. शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडान थियो । अर्कातर्फ विशेष महाधिवेशनको माग यथावत रहने गरी नियमित महाधिवेशनमा सहमति जुट्न सजिलो मानिएको थिएन । फलतः सभापति देउवाले पछिल्लो साता सहमति निर्माणका लागि आफैँ अग्रसरता लिए पनि त्यसले समेत निकास दिन सकेको थिएन । तर तीन महिनामा महाधिवेशन गर्न नसक्ने बताएका उनीहरू कसरी १ महिनामै सबैथोक सकिनेमा आशावादी भए, यहाँ प्रश्न छ ।
देश


प्रतिक्रिया