काठमाडौं— ‘जेनजी’ आन्दोलनले पुराना दलहरूको सत्ता ढलेपछि विकल्पको खोजी धेरै भयो, तर विकल्प भनिएका कसैले नेतृत्व लिन सकेनन् । नख्खु कारागारबाट नेतृत्व लिन निस्किएका रास्वपा सभापति रवि लामिछाने कानुनी चक्कर कटाउन फेरि कारागार नै फर्किनुप¥यो । विकल्प भन्दै हर्क साम्पाङ र कुलमान घिसिङले छुट्टाछुट्टै दल खोल्दा ‘विकल्प’ भनिएकाहरू नै फरक बाटोमा हिँडेको आरोप लागिरहेकै बेला यता रास्वपा र विवेकशील साझा पार्टीले भने एकता गरेर एउटै पार्टी बनाएका छन् । आइतबार काठाडौंमा एक समारोहको आयोजना गर्दै दुई पार्टीबीच एकीकरण भएको हो । पार्टी एकीकरणका लागि पाँच बुँदे सहमति भएको छ । पार्टी एकता गर्दै विवेकशीलबाट रास्वपामा मिसिएकी नेतृ रञ्जु दर्शनाले आफूहरू बिलाउन नभई मिलाउन आएको दाबी गरिन् । पछिल्लो समय नयाँ र वैकल्पिक दलहरू के गर्दै छन् भन्ने प्रश्न उब्जिरहेका बेला आफूलाई पुरानाहरूको विकल्पका रूपमा उभ्याउन निर्वाचन आयोगमा धेरै दल दर्ता भएका छन् । तर, ती दलहरू जनताबाट अनुमोदित हुन्छन् या हुँदैनन् भन्ने मूल प्रश्न हो ।
देश


प्रतिक्रिया