काठमाडौं— नेपालमा लोडसेडिङ अन्त्य गर्न सफल र हाल तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘उज्यालो नेपाल पार्टी’ दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । वर्तमान मन्त्रिपरिषद् सदस्यमध्ये कुलमान यस्ता मन्त्री हुन्, जसले दिनरात नभनी मैदानमा उत्रिएर काम गरिरहेका छन् । मन्त्रालयकै कामको दौरानमा पनि सिंहदरबारमा पार्टी निकटस्थहरूसँग छलफल गर्नेदेखि आफू पुगेका जुनसुकै कार्यक्रममा आफ्नो पार्टीको प्रचार गरी संगठन विस्तारको दौडधुपमा छन् । साथै आगामी मंसिर १७ गते घिसिङकै उपस्थितिमा पार्टीको घोषणा सभा गर्ने तयारी छ । शुक्रबार पार्टीले एक पत्रकार सम्मेलन गर्दै यसबारे औपचारिक जानकारी दिएको हो ।
देश


प्रतिक्रिया