काठमाडौं— सुशीला कार्की बम्पर उपहारमा देशको पहिलो प्रधानमन्त्री बनिन् । अनिलकुमार सिन्हा पूर्वन्यायाधीश हुन् । उनलाई पनि जेनजी आन्दोलनले जीवनमै असम्भव मन्त्री बन्ने सौभाग्य जुरायो । युवराज सफलजस्तै दैनन्दिन मुद्दा हालेर हिँड्ने ओमप्रकाश अर्याल देशका गृहमन्त्री बने । किताब बेच्दै हिँडेका महावीर पुन मन्त्री बने । एकजना कर्मचारी कुलमान घिसिङ अब नेता बन्दैछन् । प्रश्न सोध्ने दैनिकी बनाएका जगदीश खरेललाई पनि जेनजीकै रगतले मन्त्री बन्ने सौभाग्य दियो । जेनजी आन्दोलनले अहिलेसम्म उपलब्धी दिएको यति मात्र हो । भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न भएको जेनजी आन्दोलनले ती मुद्दामा कुनै नतिजा दिन नसके पनि केही व्यक्तिहरुलाई भने राजनीतिक रुपमा निकै फाइदा भएको छ । आज ती पात्रहरुबारे चर्चा गर्नेछौँ ।
देश


प्रतिक्रिया