देश

महेशकै रापताप, जेनजीसँग भिड्दै देश दौडाहामा, धनगढीको घम्साघम्सी, ओलीले खटाएकै हुन् ? (भिडियोसहित)


काठमाडौं— आरोप हेर्ने हो भने आजको दिनमा महेश बस्नेतभन्दा कलंकित र घृणित पात्र कोही छैनन् । तर, उनको रवाफ र देश दौडाहा हेर्ने हो भने उनीभन्दा निडर पनि कोही छैन । सायद अध्यक्ष केपी शर्मा ओलीको छत्रछाँया नभएको हुन्थ्यो भने आफूलाई नै राजनेता घोषणा गरिसक्थे । कुनै बेला बालकोटमा ओली र बस्नेत ‘बा’ छोराझैँ गरि बस्थे । अहिले नाती पुस्ताले घर खरानी पारेपछि यिनै महेशले ओलीलाई गुण्डु लगेर करोडौँको कुटीमा विराजमान गराएका छन् । जेनजी आन्दोलनपछि ओलीलाई सास भरेका महेश अहिले पार्टीको सास भर्न देश डुलिरहेका छन् । पछिल्लो एक हप्तामा मात्र उनले देशका प्रमुख सहरको चक्कर काटिसकेका छन् । सिमरामा उनको प्रवेश रोक्नकै लागि विमानस्थलमा तोडफोड भयो ।