राजनीति

कांग्रेसको किचलो चर्कियो, विश्वपछि पूर्णबहादुरको राजीनामाको धम्की, गगन पक्षले देउवालाई ललकारे (भिडियोसहित)


काठमाडौं— नेपाली राजनीतिमा सबैभन्दा लामो समय केन्द्रीय समिति बैठक लम्ब्याएर इतिहास रच्न सफल नेपाली कांग्रेस अहिले गम्भीर मोडमा उभिएको छ । एकातिर ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै नेतृत्वमाथि दबाब बढाइरहेका छन् भने अर्कातिर चुनावअघि महाधिवेशन सम्भव नभएको भन्दै अर्को पक्ष पनि जबरजस्त लागिरहेको छ । यसै विषयलाई लिएर केन्द्रीय समिति बैठकमार्फत विशेष महाधिवेशन घोषणा गर्न दबाब दिन विशेष महाधिवेशन पक्षधरहरूले बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा छुट्टै भेला नै गरे । त्यहाँ रोचक कुरा के देखियो भने २०१४ सालमा कांग्रेसको इतिहासमै पहिलो पटक भएको विशेष महाधिवेशनमा सहभागी भएका नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भेला गरियो । इतिहासलाई साक्षी राखेर लोकतान्त्रिक पार्टीमा वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै विशेष महाधिवेशन सम्भव भएको दाबी गरिएको छ ।