देश

एमालेमा ओली हट्ने संकेत, ईश्वर–विद्या ताते, ओलीकै नेता खुल्न थाले, महाधिवेशन सार्दै ओली पक्ष ? (भिडियोसहित)


काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको घोषित मिति नजिकिँदै गर्दा महाधिवेशन नै नहुने खतरा बढेको छ । एमालेको महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ भने अध्यक्ष केपी शर्मा ओली स्वयम् तेहरिने अवस्था कमजोर बनिरहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यतामै रोकिए पनि ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । पोखरेलले अध्यक्षका लागि ‘स्वस्थ’ प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा नै गरिसक्दा ‘जेन जी’ आन्दोलनपछिको अवस्थामा उनी बलियो बनेका छन् । अहिले सचिवालयको बहुमत पक्ष पोखरेलको पक्षमा रहँदा उनले आफ्नो प्यानल बनाउने गृहकार्य समेत सुरु गरेका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट र रघुवीर महासेठ खुलिसकेका छन् । त्यस्तै, बिन्दा पाण्डे पनि पोखरेलको पक्षमा उभिएर उम्मेदवारी दिने तयारी गरेकी छन् । पोखरेलको प्यानलबाट उपाध्यक्षमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने चर्चा छ । जहाँ ओलीको पक्षमा महेश बस्नेत जस्ता केही पात्र मात्र छन् । यही कारण, ‘नेसनल भोलेन्टियर फोर्स’ जस्तो विधानले नै नचिन्ने प्रतिरोधी दस्ता गठनमा ओली अघि सर्नुलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ । यसलाई ६ पदाधिकारीको देशलाई द्वन्द्वमा लैजाने तयारी र महाधिवेशनमा दुरुपयोग गर्ने तयारीकै रूपमा हेर्दा स्वयम् ओलीले पनि आगामी महाधिवेशन बिथोल्न खोजेको संकेत गरिसकेका छन् ।