काठमाडौं— आइतबार वाम विचारधारा बोक्नेहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणा गरेका छन् । विभिन्न अभियान र पार्टीबाट आएका नेताहरूले मिलेर बनाएको प्रलोपाका अभिभावक हुन्, पूर्वप्रधानमन्त्री समेत रहेका पूर्व माओवादी कमान्डर डा. बाबुराम भट्टराई । यो नयाँ पार्टीमा प्रगतिशील राष्ट्रिय अभियानबाट माओवादीकै स्कुलिङ भएका जनार्दन शर्मादेखि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियार समेत आबद्ध भएका छन् । आफ्नै नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएका बाबुरामले त्यसको महिना दिनमा नै नयाँ पार्टी खोलेर नेतृत्व लिएका हुन् । एक सय ५१ जना केन्द्रीय सदस्यहरू रहने उक्त पार्टी बाबुरामकै पुरानो पार्टी नयाँ शक्तिकै संयोजक दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ । नयाँ पार्टीमा अभिभावकीय भूमिकामा रहेका डा. भट्टराईले औपचारिक रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टीको नाम घोषणा गरेका हुन् ।
देश


प्रतिक्रिया