शिक्षा

सेन्ट जेभियर्स कलेजद्धारा संचालित ११औं संस्करण म्याराथन १० किलोमिटर


काठमाडौँ । सेन्ट जेभियर्स कलेजद्धारा लगातार दस वर्षदेखि निरन्तर रूपमा १० किमी मिनी म्याराथनको (SXC Mini Marathon) आयोजना गर्दै आएको छ । ११औं संस्करणमा म्याराथनको विषयवस्तु (Theme) रहेको छ “ Chasing Miles, Growing Hope”। यो म्याराथन केवल एक दौड मात्र होइन यो एकताको भावना र सहयोगी कदमहरू मार्फत वास्तविक परिवर्तन ल्याउन अभियान हुदैछ । यस कार्यक्रमले विद्यार्थी, शिक्षक तथा समुदायका सदस्यहरूलाई शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्न र सामाजिक उद्देश्यका लागि एकजुट हुन प्रेरित गर्दछ।

यो म्याराथन १० किलोमिटर दूरीको हुनेछ, जसको सुरुवात सेन्ट जेभियर्स कलेज, माइतिघरबाट हुनेछ र काठमाडौंका प्रमुख स्थानहरू हुँदै पुनः कलेजमै समाप्त हुनेछ । म्याराथनका लागि दर्ता शुल्क तथा प्रयोजनकर्ताबाट संकलित सम्पूर्ण रकम Gen Z अन्दोलनमा प्रभावित क्षेत्रहरूमा सहयोग गर्न र आवश्यकतामा रहेका विद्यालय तथा समुदायहरूलाई सहयोग पुरयाउने कार्यक्रमहरूमा प्रयोग गरिनेछ । कार्यक्रम स्थानः सेन्ट जेभियर्स कलेज, माइतीघर (मुख्य भवन) ठाउको बिवरण तल उल्लेख गरिएको छ ।

मार्ग (Route) (१० किलोमिटर)
सेन्ट जेभियर्स कलेज → थापाथली → त्रिपुरेश्वर → RNAC → जमल → दरबारमार्ग → लैनचौर → नारायणहिटी उत्तर ढोका → नागपोखरी → हात्तीसार → पुतलीसडक → भृकुटीमण्डप → भद्रकाली → सहिद गेट → त्रिपुरेश्वर → थापाथली → सेन्ट जेभियर्स कलेज