काठमाडौं— ‘गुण्डुमा बसेर जुम्रा मारेजस्तो मार्छु’ भन्दै जनतालाई उत्तेजित बनाउने एमाले नेता महेश बस्नेत र दाह्रा किट्दै कार्यकर्तालाई ‘एमालेमाथि आइलाग्नेलाई फनक्क फर्केर दनक दिनू’ भन्ने अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिकै कारण अहिले बाराको सिमरा मात्र नभएर सिङ्गो मधेस भड्किएको छ । यति हुँदा पनि अझै केपी ओली र महेश बस्नेतले भिडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन छोडेका छैनन् । जेनजीलाई ‘किमा बनाउँछु’ भन्ने एमाले नेता बस्नेत सिमरा जान त सकेनन्, तर काठमाडौंमै बसेर सरकार र जेनजीहरूलाई ललकारिरहेका छन् ।
देश


प्रतिक्रिया