काठमाडौं— साढे दुई महिनाअघिसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारको रूपमा मात्र सीमित ओमप्रकाश अर्यालको परिचय अहिले देशकै गृहमन्त्रीमा परिणत भएको छ । जेनजी आन्दोलनले एक स्थानीय सरकार प्रमुखका कानुनी सल्लाहकारलाई गृहमन्त्रालय सम्हाल्नेसम्मको ओहोदामा पु¥याइदियो । जेनजीहरूको बलिदानबाट गृह जस्तो महत्त्वपूर्ण मन्त्रालय पुरस्कार स्वरूप पाएका उनै अर्यालसँग जेनजीकै अगुवाहरू भने असन्तुष्ट बनिरहेका छन् । खास गरी आन्दोलनमा पानी बाँड्ने भूमिका निभाएका सुदन गुरुङ निरन्तर अर्यालमाथि आक्रामक बन्दै गएका छन् । अर्यालको गृहमन्त्री नियुक्तिदेखि नै असन्तुष्ट बनेका सुदन, केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरी कारबाहीको डन्डा नचलाउँदा रुष्ट बनेका हुन् । कात्तिक २० गते काम गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका उनले २७ गते जेनजी आन्दोलनको भावनाअनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाएकाले ‘पदमा जुका टाँसिएजस्तो टाँसिनुभन्दा मार्गप्रशस्त गर्नुपर्ने’ बताएका थिए । सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामा माग्ने ट्रेन्ड नै चलाएका सुदनले अहिले बारा घटनापछि फेरि पनि ‘लुते’को संज्ञा दिँदै अर्यालको खुलेर आलोचनामा लागेका छन् ।
राजनीति


प्रतिक्रिया