काठमाडौं— यी हुन् पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ । आफू सत्ता र शक्तिमा भएका बेला यिनको रवाफ र रापताप बेग्लै थियो । यिनले मान्छेलाई मान्छे गन्दैनथे, कसैलाई टेर्दैनथे । मन्त्री भएका बेला नेपाल प्रहरीका बहालवाला आईजीपीको ‘जिब्रो थुत्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका गुरुङले सरकारले जेनजी आन्दोलनलाई दबाउँदा १९ जना युवाको कत्लेआम हुँदा समेत मुहारमा कुनै पश्चात्ताप देखाएनन् । बरु उल्टै, सडकमा कसैले राजीनामा माग्दैमा सरकारले राजीनामा दिँदैन भन्दै छुद्र शैलीमा उत्रिएका थिए ।
सत्तामा रापताप हुँदा यति धेरै दम्भ र अहंकार देखाउने गुरुङले यस्ता दिन आउलान् भन्ने सपनामा समेत देखेका थिएनन् होला । अघिल्लो दिनसम्म यति धेरै घमन्ड देखाउने गुरुङको घर भोलिपल्ट जेनजीहरूले जलाइदिए । घर जलेपछि खाने थाल नभएर भाइ बुहारीले दिएको र कोठा खोज्न जाँदा समेत नपाएको उनको गुनासो छ । यस्तो होला भनेर कल्पनासमेत नगरेका गुरुङ अहिले सार्वजनिक मञ्चमा जाँदा लगाउने कोटसमेत नभएको भन्दै कार्यकर्तामाझ दुःख बाँडेर सहानुभूति बटुलिरहेका छन् ।
देश


प्रतिक्रिया