काठमाडौं— जेनजी आन्दोलनपछि पनि पार्टीको नेतृत्व छाड्न तयार नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न पार्टीमा तीव्र तयारी सुरु भएको छ । दबाबबाट अध्यक्षले ठाउँ नछोड्दा महाधिवेशनबाटै उनलाई बहिर्गनका लागि प्रयास सुरु भएको हो । यसको नेतृत्व भने पार्टीको साधारण सदस्य समेत बन्न नपाएकी पूर्वराष्ट्रपित विद्यादेवी भण्डारी पक्षले गरिरहेको छ । र, अग्रस्थानमा छन् वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल । तेस्रो कार्यकालका लागि ओलीले आफूबाहेक अरु नेतालाई बोल्न समेत सार्वजनिक प्रतिबन्ध लगाउँदा भण्डारी पक्ष भने प्यानलसहित ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा जुटिरहेको हो । पोखरेललाई बहुमत पदाधिकारीले साथ रहेको दाबी गरिन्छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव योगेश भट्टराई पोखरेलकै प्यानलबाट महासचिवका लागि प्रतिस्पर्धामा छन् । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायत नेताहरु लोकतान्त्रिक पद्धतिबाट नै ओलीलाई हराउनुपर्ने कितामा उभिएका छन् । यता सचिव रामबहादुर थापा (बादल) र उपाध्यक्ष विष्णु पौडेल अझै अनिर्णित छन् । ओलीलाई सम्मानजनक विदा लिएर प्र्रतिस्पर्धा नगर्न र आफुहरुसँग प्रतिस्पर्धा गरे इज्जतमा नै ठेस लाग्ने सम्म सचिव भट्टराईले चुनौति नै दिएका छन् ।
राजनीति


प्रतिक्रिया