काठमाडौं— नेकपा एमाले सडकमा आयो । अब कांग्रेस पनि आए के होला ? अहिले आगामी फागुनको निर्वाचन भाँड्न नेकपा एमालेले भएसम्मको शक्ति लगाइरहेको छ । कांग्रेसले पनि यसैगरी कार्यकर्ता उचाले जेनजीभन्दा ठूलो शक्ति सडकमा आउनसक्छ । तर, के यो अहिलेको आवश्यकता हो त ? यही प्रश्न अहिले पार्टीको महाधिवेशन मिति टुंग्याउन नसकिरहेको कांग्रेसतर्फ सोझिएको छ । किनकि एमालेले संसद पुनस्र्थापनाको मागसहित सडक तताउँदा कांग्रेसको बाटो कता भन्नेकुरा महत्वपूर्ण हुनेछ । जेनजी आन्दोलनपछि सत्ता छुटे पनि कांग्रेस–एमालेको सहकार्य छुटेको हो या होइन प्रश्न कायम छ । सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि त्यो शंका झनै बलियो बनेको छ । कांग्रेसमै पनि एक पक्षले संसद पुनस्र्थापनाका लागि भन्दै हस्ताक्षर संकलन नै सुरु गरेको थियो । त्यही बेला महामन्त्री गगन थापाले एक छोटो भिडियो सन्देशमार्फत निर्धारित समयमै चुनाव हुने भएकाले मतदाता नामावलीमा नाम दर्ता गरिहाल्न अनुरोध गरेका थिए ।
देश


प्रतिक्रिया