काठमाडौं— सरकारले खर्च कटौतीलाई प्राथमिकता दिँदै राजनीतिक मिलेमतोको आधारमा सांसदहरुले लिएका सेवा सुविधा एकपछि अर्काे गर्दै कटौती गरेपछि निरन्तर असन्तुष्टि बढेको छ । सांसदहरुले आफ्नो सुविधाका विषय कायम राख्न सरकारमाथि दबाब बढाउन थालेका छन् । आफ्ना एजेन्डा लिएर उनीहरू प्रधानमन्त्री कार्यालयदेखि शीतलनिवाससम्मै धाउन थालेका छन् । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भए पनि संसदीय समिति बैठकहरू सक्रिय छन्, जहाँ अन्य विषय छायामा परेका देखिन्छन् भने संघीय तथा प्रदेश सांसदहरूले पाउँदै आएका सेवा–सुविधा कटौतीप्रति सरकारलाई दबाब बढाउन सदस्यहरू केन्द्रित देखिन्छन् । गत शुक्रबार संघका सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रदेश सभामुखहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर यसबारे असन्तुष्टि जनाएका थिए । सांसदहरूले पाइरहेकै सुविधा न्यून रहेको भन्दै सरकारको पछिल्लो निर्णय सही नभएको उनीहरूको गुनासो छ ।
देश


प्रतिक्रिया