देश

फेरिए भीम रावल, कम्युनिस्ट पार्टी नै रोजे, प्रचण्ड–माधवलाई हिजो गाली, अहिले नेता मान्न तयार (भिडियोसहित)


काठमाडौं— झण्डै १० महिना अघि नेकपा एमालेमा ५१ वर्ष राजनीति गरेका डा. भीम रावललाई अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही ग¥यो । गत वर्ष पुसमा पार्टीको कारबाहीमा परेका रावलले त्यसपछि आफू एमाले र कम्युनिष्ट नेतासमेत नरहने उद्घोष गर्दै आफ्नै संयोजकत्वमा ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका थिए । तर, सोही अभियानमार्फत आफूलाई राष्ट्रवादी छविमा स्थापित गर्ने प्रयासमा रहेका रावल अब नवगठित नेपाली कम्युनिष्ट पार्टीको हिस्सा बन्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वामपन्थी दल मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’मा रावल बुधबार औपचारिक रुपमा सामेल हुन लागेका हुन् । आठ महिनाअघिसम्म नेपालका कुनै पनि कम्युनिष्ट दल र तिनका नेताहरूलाई ‘वास्तविक कम्युनिष्ट’ नभएको दाबी गर्ने रावल, अहिले उनैले आलोचना गरेको ‘कम्युनिष्ट’कै बिल्ला भिरेर राजनीतिको मूलधारमा फर्कन खोज्दै छन् ।

https://youtu.be/cJsOk-quNHg?si=ot_ZOB9WehumQ5cg