देश

प्रचण्ड–माधवलाई टक्कर दिन विप्लव र जनार्दन मैदानमा, महासचिवको ललिपप, के गर्लान् घनश्याम ? (भिडियोसहित)


काठमडौं— ४० वर्ष निकट रहेर सहकार्य गरेका माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता जनार्दन शर्मा औपचारिक रूपमै छुट्टिएका छन् । शर्माले प्रचण्डले अघि बढाएको एकता प्रक्रियामा असहमति जनाउँदै, ‘कुनै मोडमा मेरो आवश्यक प¥यो भने मलाई सम्झिनु, मलाई तपाईंको आवश्यक प¥यो भने म सम्झौँला,’ भन्दै ‘बाई–बाई’ गरेर छुट्टिए । ३० वर्ष माओवादलाई काँधमा बोकेर हिँडेका प्रचण्ड र जनार्दनले एकै पटक माओवादलाई तिलाञ्जली दिएका छन् । यसरी माओवादी केन्द्र छोडेका नेता जनार्दनले ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन् । तर, उनको यो अभियान कति परसम्म जान्छ भन्ने मूल प्रश्न हो । शर्माले घोषणा गरेको अभियानमा राम कार्की, अञ्जना विशुंखेले साथ दिएका छन् । तर, जनार्दनलाई आफ्नै भाइ अनिल शर्मा र बहिनीले भने साथ दिएनन् । आफ्नै भाइ–बहिनीले साथ नदिएका जनार्दनलाई नेता–कार्यकर्ताले उनको अभियानलाई पत्याएर साथ दिन्छन् भन्नेमा समेत शंका छ ।