काठमाडौं— नेपालीमा एउटा उखान छ– ‘दुई ढुंगाबीचको तरुल’ । हो, त्यस्तै अवस्थामा छन् अहिले गृहमन्त्री ओमप्रकाश अर्याल । एकातिर, गृहमन्त्री भएपछि विगतमा गलत काम गर्नेहरूलाई कारबाही गर्छन् कि भन्ने डरले उनी निशानामा परेका छन्, भने अर्कोतिर काम देखाउनुपर्ने ठाउँमा पुगेर पनि किन काम गर्न सकिरहेका छैनन् भनेर बालेनदेखि ‘जेनजी’का अगुवाहरूले नै गृहमन्त्री अर्यालको आलोचना गर्दै राजीनामासमेत मागेका छन् । ‘जेनजी’ अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश पोख्दै सामाजिक सञ्जालमार्फत ‘अलोकप्रिय’ भनेका छन् । गृहमन्त्री अर्याललाई उनले भनेका छन्, ‘शहीदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् ।’ गुरुङले गृहमन्त्री अर्यालसँग आशा मरिसकेको समेत उल्लेख गरेका छन् ।
देश


प्रतिक्रिया