काठमाडौं । अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका जोहरन ममदानीले नेपाली रेष्टुरेन्टमा पुगेर म:म खाएका छन् ।
मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्टमा ‘लञ्च’ का लागि पुगेका थिए । ममदानीले नेपाली रेष्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमा साझा गरेका छन् ।
तस्बिरहरुमा उनको अगाडि म:म लगायतका परिकार देखिन्छ । ३४ वर्षीय ममदानी न्युयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै मेयरमा विजयी भएका हुन् ।
न्युयोर्कको सबैभन्दा कान्छा मेयरमा पनि उनको नाम लेखिएको छ । साथै उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका पहिलो मुस्लिम र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।


प्रतिक्रिया