देश

माओवादीको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बस्दै


काठमाडौं — नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ेन गरी बोलाइएको छ । बैठकले एकीकृत समाजवादीसहितका दलहरुसँगको एकताको सहमतिलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

यही कात्तिक १६ गते नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए ।

भोलि काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा गर्ने तयारी छ ।