काठमाडौं— झरि सकिएको भोलिपल्ट मध्यरात । ललितपुरको एक रेस्टुरेन्टमा सोम रससहितको पार्टी । रसपानपछि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको ‘फ’ शब्द उच्चार गरी लेखिएको स्टाटस । नशाको आडमा भिडलाई जिस्क्याइरहने बालेन शनिबार राति आफैँ भूँग्रोमा परेका छन् । फेसबुकको जमादले जुरुक्क पारेका बालेन आफ्नै मतिले थचक्क भएका छन् । अश्लील र अपाच्य शब्दसहित लेखिएको स्टाटसमा अमेरिका, चीनसहित कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपामाथि प्रहार । अनि तल लेखिएको छ– ‘तिमीहरु मिलेर केही गर्न सक्दैनौँ ।’ बालेनको फेसबुक वालमा अहिले भने यो स्टाटस भेटिँदैन । निकटस्थहरुले नलेखिनुुपर्ने कुरा लेखिएको भनेपछि लगत्तै डिलिट गरेका छन् । तर, त्यो स्टाटसको स्क्रिनसट अहिले पनि हट केक नै बनिरहेको छ ।
देश


प्रतिक्रिया